७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इमरान खानको नेतृत्वमा पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक’

अ+ अ-

इस्लामावाद । इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरनाक मानवअधिकार उल्लङ्घनकर्ताका रूपमा दरिएका छन् । उनको कार्यकालमा सञ्चारगृह, मानवअधिकार रक्षक समूह र सामाजिक सञ्जालका अभियन्ताहरूलाई दबाउन खोजिएको जस्ट अर्थ न्युजले जनाएको छ ।

खानले आफ्नो शासनकालमा असन्तुष्ट पक्षको हत्या, पत्रकारलाई कुटपिट र वाक् स्वतन्त्रतामाथि प्रहार गरेका थिए । पाकिस्तानको मानवअधिकार आयोगले यो वर्षको प्रारम्भमा जारी गरेको ‘मान अधिकारको स्थिति प्रतिवेदन २०२१’ मा उक्त वर्ष अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा सबैभन्दा बढी क्षति पुगेको उल्लेख थियो ।

जनताको बोल्ने र मन लागेको काम गर्ने अधिकार खान सरकारले सङ्कुचित तुल्याउनका साथै उनको राजनीतिक दल तहरिक–ए– इन्साफ-(पिटिआई) का कार्यकर्ताले पनि पत्रकाररूमाथि दमन गरेका थिए । पत्रकारलाई धम्की दिएका नौ वटा घटना प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनअनुसार खान सरकारले सेनासँग मिलेर पत्रकारमाथि निर्मम कदम चालेका थिए । उनी र उनका सहयोगीहरूका अमानवीय गतिविधिले पाकिस्तानलाई विश्वमा उपहासको पात्र बनाएको छ ।

धेरै आलोचकलाई बेपत्ता परिएको, असहमति जनाउनेलाई प्रहरी लगाएर दमन गरिएको र सीमान्तकृत वर्ग पनि त्यस्ता अराजक गतिविधिको सिकार भएका थिए ।

पाकिस्तानी मानव अधिकार आयोगले मात्र नभई अमेरिकी विदेश मन्त्रालयले पनि इस्लामावादले गैर कानुनी एवम् स्वेच्छाचारी हत्यालाई प्रश्रय दिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

त्यसैगरी ह्युमन राइट्स वाचले पनि सरकारी सुरक्षा बल र लडाकु समूहले भयको वातावरण सृजना गरेर नागरिक अधिकार कुण्ठित पारेको प्रतिवेदन निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस