काठमाडौँ । शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ।
कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरिएको निर्देशनालयले जानकारी दिएको छ। बढुवाका लागि निवेदन परेका मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवा गरिएको हो।
बढुवा उपर चित्त नबुझे ३५ दिनभित्र शुल्क तिरेर निर्देशनालयमा उजुरी दिन सकिने पनि निर्देशनालयले जानकारी दिएको छ।
लमजुङमा माध्यमिक तहतर्फ पहिलो श्रेणीमा एक जना शिक्षक बढुवा भएका छन्।
स्याङ्जामा निमावितर्फ पहिलो श्रेणीका तीन जना शिक्षक बढुवा भएका छन् भने मावितर्फ दुई शिक्षक बढुवा भए।
बागलुङमा मावितर्फ दुई र निमावितर्फ दुई शिक्षक बढुवा भएका हुन्। तनहुँमा निमावितर्फ तीन शिक्षक बढुवा भए। मावितर्फ पनि तीन शिक्षक बढुवा भएका छन्।
गोरखाका निमावि दुई शिक्षक बढुवा भएका छन्। नवलपरासी सुस्ता पूर्व मावितर्फ एक शिक्षक मात्रै बढुवा भए। म्याग्दीमा निमावितर्फ एक, मावितर्फ दोस्रो श्रेणीका तीन शिक्षक र प्रावितर्फ पहिलो श्रेणीका तीन शिक्षक बढुवा भएका छन्।
पर्वतमा मावितर्फ एक र निमाविमा दुई शिक्षक बढुवा भएको निर्देशनालयले जनाएको छ। कास्कीमा मावितर्फ पाँच शिक्षक बढुवा भएका छन्।
मुस्ताङमा निमावितर्फ दोस्रो श्रेणीका दुई शिक्षक र मावितर्फ दुई जना नै बढुवा भएका छन्। मनाङमा निमावितर्फ तीन जना शिक्षक बढुवा भएका छन्।
सूची !
