१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रयाक खोलेको २८ वर्षपछि सडक कालोपत्र

अ+ अ-

वालिङ । स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म पाँच किमी सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्र गरिएको हो ।

कालीगण्डकी नदीको प्रायजसो किनारबाट निर्माण गरिएको दक्षिण पूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्त्वपूर्ण सडक हो ।

दैनिक सयौँको सङ्ख्यामा साना ठुला सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्य हुने गरेको थियो । सडक कालोपत्र हुन नसकेकोमा भने स्थानीयले पटक–पटक आवाज उठाउँदै आएका छन् ।

मन्त्रालयले विनियोजन गरेको रु १३ करोड ३४ लाखमध्ये लामा कान्तिपुर जेभी काठमाडौँले रु आठ करोड ८१ लाख ४८ हजारमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाका इन्जिनियर सुजन पोखरेलले जानकारी दिए । कोभिडलगायतका कारण समयमै काम सुरु गर्न नसकेको उनले बताए ।

सिद्धार्थ राजमार्गको गल्याङदेखि जिल्लाकै समथर भूभाग रहेको चापाकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्नका लागि खोलिएको ट्रयाकको स्तरोन्नति हुन नसकेपछि प्रदेशसभामा पटक–पटक आवाज उठाएर काम सुरु भएको गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले बताए।

यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै सदनमा आवाज उठाएपछि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट विनियोजन गरिएको उनले बताए । कूल २१ किलोमिटरमध्ये अब बाँकी रहेको १६ किलोमिटर सडक पनि क्रमागतरुपमा रहेकाले कालोपत्र हुँदै जाने उनले जानकारी दिए ।

‘गल्याङ–चापाकोट सडकलाई कालोपत्र गर्नका लागि डिपिआर गरिसकिएको छ’, उनले भने, ‘अब दुई खोलामा पुल/कल्भर्ट बनाइने छ भने बाँकी रहेको सडकलाई कालोपत्र गर्दै अगाडि बढिने छ ।’

गल्याङ नगरपालिकाको केन्द्रदेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म अर्थात् दुई पालिकालाई सडक सञ्जालमार्फत जोडिने भएकाले पनि उक्त सडकको स्तरोन्नतिमा चासो दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

ट्रयाक खोलिएको लामो समय हुँदा पनि सडक कालोपत्र नहुँदा यात्रुले सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ । विसं २०७७ फागुनमा ठेक्का सम्झौता भएको उक्त सडक २०७९ भदौसम्ममा सम्पन्न गर्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस