८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन् : विदेशमन्त्री वाङ

अ+ अ-

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् ।

चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एक अर्काप्रति शङ्का उपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन् ।

दुवै पक्षले एक अर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास अभिवृद्धि गर्न अपरिहार्य भएको बताए ।

‘द्विपक्षीय सम्बन्धलाई सुमधुर, स्थिर र स्वस्थ तुल्याउन चाँडोभन्दा चाँडो दुवै पक्षले आधा बाटो हिँड्नुपर्छ, विश्वव्यापी चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न तथा साझा हितको रक्षाका निम्ति दुवै देश एकताबद्ध भएर हिँड्नुपर्छ’ चीनका शीर्ष कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार समिति सिह्वाले जनाएको छ ।

विदेशमन्त्री वाङले दुवै देशका नेताबीच भएका महत्त्वपूर्ण रणनीतिक सहमतिको पालना, सीमा समस्यालाई द्विपक्षीय सम्बन्धमा उचित स्थान दिन तथा तिनको समाधान संवाद र परामर्शबाट दुवै मुलुकले खोज्नुपर्ने बताए ।

चीन र भारतले जनता–जनताबीचको सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार, मानव जातिको उज्ज्वल भविष्य निर्माणमा मिलेर काम गर्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।

सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस