काठमाडौँमा बिहानैबाट वर्षा, सुदूरपश्चिम र कर्णालीमा के छ मनसुनी प्रभाव ? « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँमा बिहानैबाट वर्षा, सुदूरपश्चिम र कर्णालीमा के छ मनसुनी प्रभाव ?


१० असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ ।

मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौँका हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश-१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । आजबाट उक्त प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने मौसमविद् भट्टराईले जानकारी दिए ।

यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो ।

विभागका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले स्थानीयले सतर्क रहनु पर्नेमा उनको जोड छ ।

Tags :
प्रतिक्रिया दिनुहोस