९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी सङ्घ तथा प्रदेशको निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवार उठाउने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज (शुक्रबार)बाट सुरु भएको पोलिटब्युरो बैठकमा गठबन्धनका लागि खुला भए पनि देशभर उम्मेदवार उठाउने गरी तयारीका लागि परिचालन हुन निर्देशन दिएका हुन् ।

चुनावको तयारीका विषयमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई प्राथमिकता दिए पनि गठबन्धन मात्रै भनेर बस्दैनौँ, गठबन्धनले हामीलाई मुख्य एजेन्डा बनाउँछ कि बनाउँदैन भन्ने विषयमा पनि ध्यान दिन्छ भन्नुभयो, प्रवक्ता जगन्नाथ खतिवडाले भने सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने गरी तयारी साथ लाग्दछ र लाग्नुपर्दछ । त्यसैअनुसार कार्यकर्ताहरु पनि लाग्नुहोस् भनेर आह्वान गर्नु भएको छ ।

उनले स्थानीय तहको चुनावमा काँग्रेस र माओवादीले विगतमा गरेको व्यवहारलाई करेक्सन गरेपछि मात्रै गठबन्धनले सशक्त हुने बताएका थिए ।

माओवादी र काँग्रेस करेक्सन भयो भने मात्रै बढी स्थान जित्न सकिन्छ । त्यसैले पहिले काँग्रेस र मा‌ओवादी सच्चिनु पर्छ, खतिवडाले भने । स्थानीय तह चुनावमा काँग्रेस र माओवादीले गठबन्धनभित्र उपगठबन्धन बनाएको अध्यक्ष नेपालले बताउँदै आएका छन् । सो दलले यसअघि नै काँग्रेस र माओवादीले गठबन्धनभित्र धोका दिएको आरोप लगाउँदै आएको छ ।

देशको भूराजनीतिक परिस्थितिको बारेमा चर्चा गर्दै अध्यक्ष नेपाले अन्तर्राष्ट्रिय शक्तिहरूको खेल मैदानका रूपमा विकास हुन लागेको धारणा राखेका थिए ।

नेपालको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने गरी कुनै पनि प्रकारको सैन्य गतिविधि वा गठबन्धन वा कुनै पनि गतिविधिमा संलग्न अवस्था सिर्जना गर्न पुरै पार्टी पङ्क्ति परिचालन गर्नुपर्ने र धारणा बनाउनु पर्ने जोड दिनु भएको छ, खतिवडाले भने, नजानिँदो ढङ्गले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको देश खेल मैदान बन्न लागेको अवस्था बनेको बताउनुभयो । देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीहरूको आवाज उठाउनु पर्ने वा बोल्नै पर्ने छ । जनताले जबजब बोल्न थाल्छन् देशको स्वाभिमान र स्वतन्त्रता अझ सुदृढ बन्दै जान्छ । त्यसकैले देशका लागि सबै नागरिक बोल्नका लागि आह्वान गर्नुभएको छ ।’ बैठकमा मन्त्री परिवर्तनसम्बन्धी निर्णय कार्यान्वयन हुने जानकारी अध्यक्ष नेपालले बैठकलाई गराएका थिए ।

‘आज वा भोलिसम्ममा मन्त्री परिवर्तनसम्बन्धी निर्णय कार्यान्वयन भइसक्ने यस विषयमा थप निर्णय केन्द्रीय कमिटीले गर्ने बताउनु भएको छ। यस विषयमा भोलि नै केन्द्रीय कमिटीमा जवाफ दिने बताउनु भएको छ,’ खतिवडाले भने ।

शुक्रबारको बैठकमा पोलिटब्युरो सदस्यहरूले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।

शनिबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पोलिटब्युरो सदस्यहरूबाट प्राप्त गरेको सुझावहरुलाई समेत समावेश गरेर प्रस्तुत गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस