७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारीको जन्मजयन्तीमा साताव्यापी कार्यक्रम

अ+ अ-

काठमाडौँ । जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ ।

नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उनको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवर्द्धन गर्दै आएको छ ।

सचिव लामाका अनुसार साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मदन भण्डारी कलेजमा छलफल शृङ्खला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी भएका थिए ।

यस्तै आज कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, असार १२ गते सञ्चारकर्मीसँग अन्तर्क्रिया, १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद, १४ गते राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मूल समारोहको कार्यक्रम एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण, १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’को पाँचौँ अङ्कको सार्वजनीकीरण तथा असार १६ गते ज्येष्ठ कम्युनिस्टलाई सम्मानको कार्यक्रम तय गरिएको छ ।

विसं २०५० जेठ ३ गते भण्डारी र सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस