१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने

अ+ अ-

कोलम्बो । श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ ।

भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो ।

श्रीलङ्काका व्यापार मन्त्री नलिन फर्नान्डोले भने, ‘यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका १८ करोड अमेरिकी डलर मूल्यका खाद्य वस्तुहरूको अतिरिक्त यो सुविधा मिलेको हो । यो खरिदसँगै कम्तीमा पनि अर्को दुई महिनाको लागि चाहिने खाद्यवस्तुको भण्डारण गर्न हामीले पाउनेछौँ ।’

श्रीलङ्काको डेली मिरर पत्रिकाले फर्नान्डोलाई उद्धृत गर्दै लेखेको छ, ‘निकट भविष्यमा खाद्य वस्तुहरू आयात गर्न हामीले सोही क्रेडिट सुविधाबाट भविष्यमा सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएका छौँ ।’

स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेका श्रीलङ्कालाई एक दिन पहिले भारतले तीन अर्ब रूपैँयाभन्दा बढी मूल्य बराबरको मानवीय सहयोग उपलब्ध गराएको थियो ।

कोलम्बोस्थित भारतीय उच्च आयोगका अनुसार यस ढुवानीमा चामल, दूध पाउडर र आवश्यक औषधीहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस