काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन (अखिल क्रान्तिकारी)ले २७ वटा विभाग गठन गरेको छ ।
यही असार ५ गते बसेको सङ्गठनको तेस्रो बैठकले विभाग गठन गरेको हो ।
विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ । प्राय: सबै विभागका प्रमुख-उपप्रमुख र सचिवको पनि टुङ्गो लागिसकेको अखिल क्रान्तिकारीले जनाएको छ ।
महत्त्वपूर्ण मानिएको सङ्गठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दिपेश पुनलाई दिइएको छ । उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया रहेका छन् भने सचिवमा रोशन थापा मगर रहेका छन् ।
यस्तै अर्को महत्त्वपूर्ण मानिने आर्थिक विभागको जिम्मा भने केन्द्रीय कार्यालयलाई नै दिइएको छ ।
