८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योग्यता नहेरी आफ्ना मान्छेलाई न्यायाधीश नियुक्त गर्दा न्यायालयमा विकृत : कानुनमन्त्री बन्दी

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले योग्यता नहेरी आफ्ना मान्छेलाई न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत भएको बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले अदालत पटक पटक विवादमा परेको र न्यायप्रति जनआस्थामा प्रतिकुल असर परेको भन्दै समाधानका लागि सरकारले के गर्दै छ भनेर प्रश्न गरेका थिए ।

जवाफ मन्त्री बन्दीले न्यायालयमा विकृति र विसङ्गति रहेको स्वीकार मात्र गरेनन्, विकृति विसङ्गतिको सुरुवात न्यायाधीश नियुक्तिबाटै सुरु हुने बताए ।

अदालतको विकृति, विसङ्गति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि न्यायाधीश नियुक्तिमा भएको कमजोरीले न्यायालयभित्र विकृति र विसङ्गति बढाएको उल्लेख गरेको मन्त्री बन्दीले स्मरण गरे ।

सुधारका लागि सरकारले न्यायाधीश नियुक्ति निर्देशिका तयार गरिसकेको मन्त्री बन्दीले बताए । उक्त निर्देशिका यसै साता राजपत्रका प्रकाशित हुने र कार्यान्वयनमा आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस