९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज बस्दै

अ+ अ-

काठमाडौँ । एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दैछ । पार्टी गठनपछि केन्द्रीय परिषद् बैठक पहिलोपटक बस्न लागेको हो ।

सरकारमा रहेका मन्त्री फिर्ता गरी नयाँ पठाउने निर्णयपछि केही दिनदेखि आन्तरिक विवाद चुलिएको कारण समाजवादीको परिषद् बैठकलाई चासोका साथ हेरिएको छ । किनभने, बैठकमा देशभरबाट करिब एक हजार पाँच सय नेता कार्यकर्ता सहभागी हुनेछन् ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादीको सचिवालय निर्णयअनुसार मन्त्रिपरिषद् फेरबदल गरे पनि नवनियुक्त मन्त्रीमाथि आइतबारै बाहिरिएका मन्त्रीको ठूलै असन्तोष देखिएको छ । सरकारमा मन्त्री फेरबदल गर्दा समावेशी नबनाइएको गुनासो पनि व्यापक छ ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार तत्कालीन चार मन्त्रीसहित १० सांसदले मन्त्री फेरबदलको निर्णयविरुद्ध हस्ताक्षर गरी विमति जनाएका थिए । पार्टीको दबाबपछि शनिबार १० मध्ये ६ जनाले हस्ताक्षरसहितको विज्ञप्ति फिर्ता लिएको घोषणा गरेका थिए ।

परिषद् बैठकमा यसअलावा, पार्टीको देशभरका साङ्गठनिक गतिविधि, स्थानीय तह चुनावको समीक्षा तथा हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि छलफल हुँदैछ । बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको आसन्न चुनावलक्षित कार्यक्रममा छलफल गर्ने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका महासचिव डा। बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुनेछ । महासचिव भुसालको प्रतिवेदनमा राजनीतिक व्यवस्था रक्षाका लागि एमालेबाट विद्रोह गरी पार्टी स्थापना गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस