७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान

अ+ अ-

जाजरकोट । डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्‍याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ ।

यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पुर्‍याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ ।

रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ ।

डोल्पामा तत्काल विद्युत् पुर्‍याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइरहेका छन् । बुधबार मात्र विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले ठुली भेरी नगरपालिका, त्रिपुरा सुन्दरी नगरपालिका र मुड्के चुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ ।

त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्ने बित्तिकै पालिकामा विद्युत् पुर्‍याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो ।

दुई वर्षदेखि डोल्पामा विद्युत् पुर्‍याउने जनाउँदै ठेक्का लागे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुन सकेको थिएन । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस