८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

अ+ अ-

दमौली । मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् ।

असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा व्यस्त रहेको र करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको जानकारी दिए ।

तिवारीले रासायनिक मल अभाव भए पनि प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिए । ‘मल अभाव हुँदा उत्पादन घट्न सक्छ, रासायनिक मलको अभावलाई पूर्ति गर्न गोबर मल, प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ,’ उनले भने । धान रोपाइँ सकिएको करिब एक महिनापछि सूक्ष्म खाद्यतत्व प्रयोग गर्न तिवारीले किसानलाई सुझाव दिए ।

व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले छिट्टै वर्षा भएकाले रोपाइँ गर्न सहज भएको बताए । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ ।

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धान खेती हुने गरेको छ । गत वर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्र धान खेतीका लागि प्रख्यात मानिन्छन् ।

मल अभाव कायमै

खेतीपातीको समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका अनुसार हाल पोटास मल मात्रै मौज्दात छ । युरिया, डिएपी, कृषि चुन मल अभाव रहेको शाखाले जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म एक हजार एक मेट्रिक टन मल वितरण गरेको जनाएको छ । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ ।

३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो ।

त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस