७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा बन्यो अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्य

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी डेमोक्रेटिक पार्टीहरुको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू)को पूर्ण सदस्य बनेको छ ।

यसअघि नेपालबाट राप्रपा आईडीयू फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आएको थियो ।

राप्रपाले झन्डै डेढ दशकपछि आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेको हो ।

जर्मनको बर्लिन सहरमा जुन २६ देखि २९ सम्म चलेको आईडीयूको फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको हो ।

बैठकमा राप्रपाका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आईडीयूका अध्यक्ष एवं क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट पूर्ण सदस्यता प्रमाणपत्र ग्रहण गरेका छन् ।

विश्वभरिका ८४ देशका राजनीतिक दलले आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेका छन् । ६५ देशका राजनीतिक दलहरू आमन्त्रित छन् ।

बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आईवाईडीयूका उपाध्यक्ष हिक्मतजङ्ग कार्की सहभागी भएका छन् ।

आईडीयू फोरम बैठकका क्रममा युरोप पुगेका उपाध्यक्ष गुरुङ जर्मनी, नेदरल्यान्डस्, अस्ट्रिया, बेल्जियम र स्वीटजरल्याण्डमा हुने पार्टी निकट प्रवासी नेपाली एकता समाजको विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस