१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसको दैनिक सङ्क्रमण दर २ प्रतिशत नाघ्यो

अ+ अ-

काठमाडौँ । केही दिनयता कोरोना सङ्क्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड सङ्क्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो ।

यो दर बिहीबार २ प्रतिशत नाघेको छ । बुधबार त ३.८२ प्रतिशत पुगेको थियो ।

जबकि १५ दिनअघि असार १ मा सङ्क्रमण दर ०.६४ प्रतिशत मात्र थियो । सङ्क्रमण दर बढेसँगै सक्रिय सङ्क्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

असार १ गते ९७ सक्रिय सङ्क्रमित रहेकामा हाल यो संख्या झन्डै तीन गुणा बढेर २८० पुगेको छ ।

छिमेकी भारतमा पछिल्ला दिन सङ्क्रमण सघन बढ्दाकै असर होर/होइन भन्ने निर्क्योल गर्न स्वास्थ्य मन्त्रालयले सूक्ष्म अध्ययन थालेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिन पुष्टि भएका केसको जिन सिक्वेन्सिङ पनि सुरु गरिएको छ ।

त्यसको परिणाम आएपछि मात्र ओमिक्रोन भेरिएन्ट वा भारतमै देखिएको बढी सङ्क्रामक ‘बीए.४’ र ‘बीए.५’ हो भन्ने यकिन हुने मन्त्रालयका एक अधिकारीले बताए ।

भारतीय स्थल नाका हुँदै आउने नेपाली कामदारमा सङ्क्रमणको दर बढी देखिएकाले ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्ट भित्रिसकेको उनले आशङ्का गरे ।

केही दिनयता नाकाहरूबाट आउनेमध्ये दैनिक सरदर ५–६ जनामा सङ्क्रमण देखिएकामा बिहीबार एकै दिन १२ जनामा कोभिड पुष्टि भएको छ । नेपालमा हालसम्म ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टका कारण सङ्क्रमण फैलिएको पाइएको छ ।

‘पछिल्लो समय सङ्क्रमणको दर निरन्तर बढ्दो छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा.चुमनलाल दासले भने, ‘मुलुकमा ओमिक्रोनको ‘बीए.२’ भेरिएन्टले नै सङ्क्रमण फैलाइरहेको थियो, पछिल्लो समय भारतमा देखिएको ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्टसमेत भित्रिएको हो भन्ने आशङ्का बढेको छ ।’

सङ्क्रमण बढ्दै गएपछि ओमिक्रोनबाहेकका भेरिएन्टको समेत परीक्षण थालिएको उनले बताए ।

मन्त्रालयका अनुसार हाल सुदूरपश्चिममा १ जना र वाग्मती प्रदेशमा २ जना गरी ३ जना कोभिडका बिरामीको सघन उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस