९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असंलग्नताको सिद्धान्तबारे असंलग्न राष्ट्रहरूका बीचमा समान धारणा बनेको छ : सभामुख सापकोटा

अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरूका बीचमा समान धारणा बनेको बताएका छन् ।

अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख सापकोटाले सो जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठुलो सञ्जालका रूपमा स्थापित असंलग्न राष्ट्रहरूका सभामुखहरूको सम्मेलनमा भू-राजनीतिक तनाब, हतियारको दौड, सैन्य खर्च वृद्धि, खाद्य सङ्कट, जलवायु परिवर्तन, आर्थिक मन्दी, मानवीय सङ्कट लगायतका देखा परेका समस्याको असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको उनले बताए ।

यही असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलन फलदायी भएको र आफूहरूले देशको प्रतिनिधित्व राम्रोसँग गरेको उनले बताए । 

सम्मेलनले असंलग्न राष्ट्रहरूका सभामुखहरूका बीचमा सौहार्द सम्बन्ध एवं एकता कायम भएको सभामुख सापकोटाले बताए । यो सञ्जाललाई सङ्गठनमा रूपान्तरित गर्नु पर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नुपर्ने विषयमा बहस भएको उनले बताए ।

उनले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधन बाहेक दुईपक्षीय भेटवार्ता र छलफलहरू भएको जानकारी दिए । उनले आयोजक राष्ट्र अजरबैजानका सभामुख र मलेसियाका उपसभामुखसँगको भेटवार्ता व्यवस्थित र उत्कृष्ट भएको बताए ।

आठ लाख नेपाली रोजगारीमा रहेको मलेसियामा नेपालीहरूको स्थिति, उनीहरूका सेवा सुविधाको सम्बन्धमा ध्यानाकर्षण गराउन मलेसियासँग छलफल भएको बताए । यसबाहेक बङ्गलादेश, जोर्डन, किर्गिजस्तान, मोरक्को, बहराइन, यमन, अल्जेरिया र बुरुण्डीका प्रतिनिधिसँग पनि छलफल गरेको सभामुख सापकोटाले जानकारी दिए ।

सभामुख सापकोटाको नेतृत्वमा यही असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार बेलुकी स्वदेश फर्केको हो । प्रतिनिधि मण्डलमा सांसदहरू पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक थिए ।

प्रतिक्रिया दिनुहोस