१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको लगातार दोस्रो जित, ओन्टारियो ५५ रनले पराजित

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो ।

एकदिवसीय फर्म्याटको पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।

नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।

उसका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । रोहितले अविजित ७१ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका उनले ३१ बलमा ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै दीपेन्द्रले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान गरे ।

पवन सर्राफले ३७ तथा देव खनालले २० रन जोडे । कुशल भुर्तेल २ रनमा आउट हुँदा आदील आलमले अविजित १० रन बनाए ।

ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १–१ विकेट लिए । क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो ।

अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टु अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस