७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाद्वारा धवलशमशेर नेतृत्वको एकता वार्ता समिति भङ्ग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गठन गरेको वार्ता समिति भङ्ग गरिएको छ।

महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो।

महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको थियो।

वार्ता समितिमा महामन्त्री राणा, ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष थिए।

यो समितिले विभिन्न पार्टी र व्यक्ति तथा समूहसँग वार्ता र संवाद गरेर राप्रपामा समाहित पनि गरेको थियो।

यो समितिले अनौपचारिक रूपमा रवीन्द्र मिश्र, रवि लामिछाने लगायतसँग पनि छलफल गरेको थियो।

वार्ता समितिमार्फत काँग्रेस बिपीका धेरै पदाधिकारीलाई राप्रपामा समाहित पनि भएका थिए।

तत्कालका लागि वार्ता र संवादका काम सकेकोले उक्त वार्ता टोली हालै भङ्ग गरिएको राप्रपाले जनाएको छ।

महामन्त्री राणा नेतृत्वको वार्ता टोलीले विभिन्न पक्षसँग वार्ता गरी अधिकांशमा सफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। उनले कतिपय व्यक्ति र समूह राप्रपामा समाहित भइसकेको र केही हुने क्रममा रहेको बताए।

प्रतिक्रिया दिनुहोस