१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वस्वीकार्य नहुँदा नागरिकता विधेयक फिर्ता

अ+ अ-

काठमाडौँ । सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा सर्वसम्मतरुपमा निर्णय हुन सकोस् भनेर नागरिकता विधेयक फिर्ता लिएको जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै यही असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

‘नागरिकता जस्तो संवेदनशील विषयमा बहुमत/अल्पमतमा निर्णय गर्दा मुलुकको हितमा हुन्न, अझै जिम्मेवारीपूर्वक सबै दलसँग बसेर छलफल गरी सर्वसम्मतरुपमा लैजानुपर्छ भन्ने निष्कर्ष सरकारको छ’, मन्त्री बडूले भने ।

विगतमा नागरिकताका विविध पक्षमा निर्णय भए पनि सर्वसम्मत हुन नसकेको उनले जानकारी दिए । ‘खासगरी वैवाहिक अङ्गीकृत नागरिकताको सम्बन्धमा केही समस्या यथावत रहेको छ’, मन्त्री बडूले थपे, ‘त्यस विषयमा शीर्ष तहमै सर्वस्वीकार्य र विवादरहित ढङ्गले ऐन बन्नुपर्छ, नागरिक अधिकारसँग जोडिएको विषय पनि हो ।’

विधेयकका कतिपय विषयमा संशोधनका प्रस्ताव आएको र त्यसमाथि नयाँ नयाँ संशोधनमार्फत विवाद आउन थालेको पनि उनले जानकारी दिए।

विधेयकलाई सर्वसम्मत बनाउने प्रयासस्वरुप गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यसअघि विभिन्न राजनीति दलका प्रमुखसँग भेटवार्ता गरेका थिए ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक विसं २०७५ साउन २२ मा सरकारी विधेयकका रुपमा संसदमा दर्ता भएको थियो ।

उक्त विधेयकमाथि छलफलपश्चात् विसं २०७७ असार ९ मा राज्यव्यवस्था तथा सुशासन समितिले आफ्नो प्रतिवेदनसहित संसदमा पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस