९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अहिले आएका विषयहरु सत्य हुन् भने अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले अर्थमन्त्री शर्मा प्रकरणमा प्रचार भइरहेको विषयलाई आफूले अत्यन्त गम्भीर रुपमा लिएको बताए ।

‘यो एकदमै गम्भीर घटना हो । यो घटना सत्य कति हो, राम्ररी छानबिन गरेर बाहिर ल्याइनुपर्छ । र, यस्ता खालका घटनाहरु घट्न थाले भने मुलुकमा मात्रै हैन, धेरै कुराहरूमा प्रश्न आउँछ, खनालले भने,घटनाक्रम के भएका छन् त्यस सम्बन्धी राम्रोसँग छानबिन भएर तथ्यपरक आउनुपर्‍यो । र अहिले जसरी यो कुराहरु प्रसार भइरहेको छ, अर्थमन्त्रीको राजीनामा स्वभाविक हो ।’

नेता खनालले अर्थमन्त्री प्रकरणको विषय गठबन्धनको बैठकमा छलफल नभएको र यसबारे आफूलाई कुनै कुरा थाहा नभएको बताए ।

उनले भने, ‘मलाई यो विषयमा छलफल गर्नका लागि गठबन्धनको बैठकमा बोलाएको पनि छैन । यो विषयमा छलफल भएको छैन । अरु कोही साथीहरूलाई बोलाएको छ भने थाहा भएन । यो छलफल योग्य विषय हो । ‘

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले अहिले उठेको विषयमा नेकपा माओवादी केन्द्रले पनि अविलम्ब दिनुपर्ने बताए ।

उनले भने, ‘हामीले यो नयाँ ‌संविधान जारी भएपछि यो मुलुकमा सुशासन स्थापना गर्नुपर्छ भनेर अपेक्षा गरिरहेका छौँ, प्रयत्न गरिरहेका छौँ । तर त्यो भइरहेको छैन । र, अहिलेको अवस्थामा जे हिसाबले जुन धरातलमा यो प्रश्न उठेको छ । यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ । सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ ।’

उनले अहिले उठेका सवालहरूमा हेलचेक्र्याइँ र लिपापोति पनि गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस