पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा उपत्यका नगर विकास समितिलाई १५ दिनभित्र विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विभिन्न चार वटा उजुरीसँगै अख्तियार कार्यालय पोखराले समितिको कार्यालयलाई पत्राचार गर्दै कागजात मगाएको हो ।
समिति मातहतका तीन ठाउँको ६३ रोपनी जग्गा प्रक्रिया विपरीत आफन्तलाई भाडामा लगाएको खुलेपछि तत्कालीन मेयर मानबहादुर जिसीको चौतर्फी विरोध भइरहेको छ ।
महानगरको स्वामित्वमा आउनु पूर्व मेयर जिसीले पदावधि सकिनु ४८ घण्टा अघि मात्रै पर्यटन बसपार्क आफ्नै ज्वाइँ राम भण्डारीका भाइ विष्णु भण्डारी समूहको कम्पनी शिला शालिकग्राम कन्स्ट्रक्सन कम्पनीलाई एक दशकका लागि भाडामा दिएका थिए ।
सोही बसपार्कको भाडा र त्यहाँ रहेका सटरको भाडा कसरी दिइएको हो भन्दै अख्तियारले समितिको कार्यालयलाई २१ गते मङ्गलवार पत्राचार गर्दै विभिन्न विवरण माग गरेको हो ।
आयोगका स्रोतका अनुसार अख्तियारले आवश्यक विवरण पठाइदिनुहुन भन्दै समितिको कार्यालयसँग चार बुँदासहित पत्राचार गरेको छ । नगर विकास समितिको कार्यालयले बिना विज्ञापन करारमा चार जना आफन्तको नियुक्ति गरेको विषयसमेत पत्रमा उल्लेख छ ।
अख्तियारको पत्रमा लेखिएको छ, “पोखरा उपत्यका नगर विकास समिति कास्की कार्यालयले विना विज्ञापन करारमा ४९चार० जना आफन्त नियुक्ति गरेको, कार्यालय प्रयोजनका सवारी साधन आफू अनुकूल व्यक्ति वा संस्थालाई दिने गरेको, पोखरा पर्यटन बसपार्कमा रहेका सटर तथा बसपार्कको भाडा आफू अनुकूल प्रयोग गर्ने गरेको, कार्यालयमा हुने ुटीएडीएु लेखापाल रामजी जिसी र हलुका सवारी चालक सन्तोषसँग मिली आफैँ लिने गरेको भन्ने ब्यहोराको उजुरीको सम्बन्धमा के–कसो भएको हो प्रस्ट खुलाई प्रतिकृयासहित कागजात यो पत्र प्राप्त भएको मितिले १५९पन्ध्र० दिन भित्र उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।”
अख्तियारले बिना विज्ञापन करारमा नियुक्त भएका आफन्तहरूको नियुक्ति गर्दाको कागजात र उनीहरूले बुझेको पेरोल विवरणसमेत मागेको छ । यस्तै, कार्यालयमा भएका सवारीको प्रयोजन माग गर्दै चालु आर्थिक वर्ष २०७८र०७९ मा गाडी मर्मतमा भएको खर्च सम्बन्धी कागजात पनि उपलब्ध गराउन भनेको छ ।