काठमाडौँ । ललितपुरमा २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा बस्दै आएका सप्तरी कञ्चनरूप नगरपालिका–१० का २५ वर्षीय मोआत हुसेन र मरोङ बूढीगंगा गाउँपालिका–५ का ३५ वर्षीय इलिभास मिया रहेका छन् ।
उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो कोठामा लगेर बलात्कार गरेको खुलेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवै जनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो ।