९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला न्यायाधीश नियुक्तिका लागि दरखास्त आह्वान गर्ने

अ+ अ-

काठमाडौँ । न्यायपरिषद्ले जिल्ला अदालतको न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने भएको छ ।

शुक्रबार बसेको परिषदको बैठकले २१ जना जिल्ला न्यायाधीशका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्यायपरिषद्ले सोझै न्यायाधीश नियुक्त गर्ने परिपाटी थियो । शुक्रबार बिहानमात्रै न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका जारी भएपछि परिषद्ले दरखास्त आह्वान गरेको हो ।

निर्देशिकामा न्यायाधीश हुन इच्छुकबाट दरखास्त आह्वान गर्ने अनि दरखास्त दिएकाहरुमध्येको सूची प्रकाशित गरी उजुरी माग्ने व्यवस्था गरिएको छ । त्यसपछि विवादरहित भएका र योग्यतम व्यक्ति न्यायाधीश नियुक्ती गर्ने निर्देशिकामा उल्लेख छ ।

तीन स्वरुपमा जिल्ला न्यायाधीश छनौट हुने संविधानमा उल्लेख छ । रिक्त पदमध्ये बीस प्रतिशत पदमा न्यायसेवाका उपसचिवहरु प्रतिस्पर्धा गर्न पाउनेछन् । उनीहरु कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । उनीहरुलाई ज्येष्ठता, योग्यता र कार्यक्षमताको आधारमा छानिन्छ ।

चालीस प्रतिशत पदमा न्यायसेवाका उपसचिवहरुको खुला प्रतिस्पर्धा हुन्छ । उनीहरुले पनि कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । बाँकी ४० प्रतिशत पदमा आठ वर्ष काम गरेका अधिवक्ता, आठ वर्ष नै न्यायसेवामा काम गरेका अधिकृत वा त्यति नै समय कानूनको क्षेत्रमा काम गरेका व्यक्ति प्रतिस्पर्धा गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस