काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्न पत्र निर्माणमा लापरबाही गरेको भन्दै विद्यार्थीहरूले पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेका छन्।
त्रिविअन्तर्गत बिबिए छैटौँ सेमेस्टरको परीक्षामा पाठ्यक्रमै नभएको प्रश्न आएको, हुबहु प्रश्न पत्र बनाएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।
उनीहरूले टीयू तेरो पाराले दुःख पाए साराले, टीयू डीन राजीनामा दे भन्दै नाराबाजी गरिरहेका छन्।