८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको महिला सङ्गठनको छलफलमा हात हालाहाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको छलफलमा हात हालाहाल भएको छ ।

आज (आइतबार) राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको महिला सङ्गठनको अनौपचारिक बैठकमा अध्यक्ष अञ्जना रावल पक्ष र कुमारी तामाङ पक्षका महिलाहरुबीच हात हालाहाल भएको हो ।

राप्रपाले महिला सङ्गठनमा अध्यक्ष मात्र नियुक्त गरेको छ भने कार्यसमिति पनि बनेको छैन । राप्रपाको महिला सङ्गठनले महिला हिंसा न्यूनीकरणका लागि दबाब दिँदै असार २७ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

ज्ञापनपत्रको तयारीका लागि छलफल गर्न अध्यक्ष रावलले अनौपचारिक बैठक बोलाएकी थिइन् । तर बैठकको सुरुमै नेता कुमारी तामाङले माइक खोसेर बोल्न थालेको र विषय भन्दा बाहिरको मुद्दा झिकेर विवाद गरेको रावल बताउँछिन् ।

‘राप्रपाको महिला सङ्गठनमा म एक्लै छु, तर ज्ञापन पत्र बुझाउने कार्यक्रम भएकाले औपचारिक बैठक राखेको थिएँ, तर सुरुमै कुमारी तामाङले माइक खोसेर बैठक लिड गर्नुभयो, मैले त बोल्न पनि पाइन’ रावलले भनिन्, ‘अनि कुमारी तामाङ पक्षकै एक जनाले अर्को एक जनालाई हातपात गरेपछि विवाद भएको हो ।’

महामन्त्री कुन्तीकुमारी शाहीले पनि बैठकमा सहभागी महिलालाई कुटपिट गरेको उनले बताइन् । ‘महामन्त्री कुन्ती शाहीले पनि दुई जनालाई हातपात गर्नुभयो, नेतृत्व भएपछि त्यही हिसाबको भूमिका निर्वाह गर्नुपर्थ्यो, तर देखिएन’ उनले भनिन् ।

महामन्त्री शाहीले भने महिलाहरुबीच झगडा भएपछि आफू छुट्याउन मात्र गएको बताइन् । ‘महिलाहरुको बैठकमा वादविवाद भएको रहेछ, म त अन्तर्राष्ट्रिय विभागको मिटिङमा थिएँ, अन्तिममा छुट्याउन मात्र पुगेको हुँ’ उनले भने ।

महिला सङ्गठनको नेतृत्वमा विवाद रहेको र आइतबारको छलफलमा त्यही विषयमा विवाद रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस