७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा !

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा काँग्रेस बैठक केन्द्रित हुनेछ। चुनाव भएको करिब दुई महिना हुन लाग्दा काँग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न लागेको हो।

यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।

काँग्रेसले ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धन गरेका र एक्लै जितेका ठाउँ र मतबारे विश्लेषणसहित प्रतिवेदन पनि काँग्रेसले तयार पारेको छ।

चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा पनि प्रवेश हुने एक केन्द्रीय सदस्यले बताए।

सभापति शेरबहादुर देउवाले छ महिनाभित्र गरिसक्नुपर्ने मनोनीत काम अहिलेसम्म गरेका छैनन्। २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

साथै भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका महाधिवेशन सुनिश्चित गर्नुपर्ने, नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग पनि उठेको छ। काँग्रेसले केही नयाँ भातृ तथा शुभेच्छुक संघसंस्थालाई मान्यता दिन लागेको छ। यसबारे पनि केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने काँग्रेसले जनाएको छ।

सभापति देउवाले विभाग तथा भ्रातृ संघसंस्थाबारे आवश्यक निर्णय लिइने बताइरहेका छन्।

नेता शेखर कोइराला पक्षले सरकारका कामकारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताएको छ। आइतबार कोइरालाको सचिवालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्य भेलाले सरकारका कामकारबाहीबारे गम्भीर समीक्षा हुनुपर्ने र सभापतिले विधि र विधान अनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

केन्द्रीय समितिमा हुने अर्को छलफलको विषय आगामी संसदीय र प्रदेश सभा सदस्य निर्वाचनबारे हो। सम्भवतः मंसिरमा हुने उक्त निर्वाचनका लागि गठबन्धनलाई सँगै लैजाने कि नलैजाने भन्ने विषयमा केन्द्रीय सदस्यहरूबाट धारणा लिने तयारीमा काँग्रेस छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा गठबन्धनलाई चुनावसम्मै लैजाने पक्षमा छन्। एक्लै गएर बहुमत नआउने भएकोले अरू दलसँग जानुपर्ने बाध्यता रहेको देउवाले बताए ।

यीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे पनि आज छलफल हुनेछ।

साथै कोइराला पक्षका विद्यार्थीहरूले आज सानेपास्थित पार्टी कार्यालय घेराउ गर्ने तयारी गरेका छन्। भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग उनीहरूको छ।

सभापति देउवाले नेविसंघ र तरुण दलमा अध्यक्ष मात्रै तोकेका छन्। अध्यक्ष तोक्दा कोइरालासँग परामर्श नगरिएको भन्दै विरोध पनि भइरहेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक स्थानीय चुनावी समीक्षामा केन्द्रित रहनेछ भने पार्टीका केही आन्तरिक विषयमा पनि छलफल गर्ने तयारी छ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका विधान पारित गर्नेबारे पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस