१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिड नियन्त्रणका सामग्रीसहित १ हजार थान पेस्तोल खरिद प्रक्रिया अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानीय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।

हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ ।

प्रहरी प्रधान कार्यालयले इटालियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सटगन १ हजार १५० थान, रबर गोली १० लाख थान र ५ लाख थान पेस्तोलको गोली खरिद गर्न लागेको छ ।

सुरक्षा सामरिक तथा प्रतिरक्षा कार्यविधि–०७५ अनुसार आर्थिक वर्षको सुरुमा सूचीकरण भएका फर्मले मात्रै हतियार खरिदको ठेक्का पाउँछन् । भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद गर्न लागिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए ।

प्रहरीले अहिले किन्न लागेको सटगन, अश्रुग्याँस सेल र रबर बुलेट भिड नियन्त्रणमा प्रयोग गरिन्छ । सटगन रबर बुलेट हान्न प्रयोग गरिन्छ । स्थानीय तह निर्वाचनमा प्रहरीले नेपाली सेनासँग ८ सय पेस्तोल ‘सापटी’ लिएको थियो ।

गस्तीमा जाँदा र हरेक चौकीका कमाण्डरका लागि पेस्तोल अभाव भएपछि १ हजार थान बेरेटा किन्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस