१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन दबाबमा देउवा, के भन्छन् गगन र विश्वप्रकाश ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा दर्ता संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी भित्रबाटै दबाब बढेको छ । 

काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरेका हुन्।

‘संवैधानिक परिषद्सम्बन्धी राष्ट्रिय सभामा दर्ता विधेयक फिर्ता हुनुपर्छ। हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यो विधेयक गलत थियो भनेका थियौँ। हिजो गलत भनेका विषयलाई अहिले सही भनेर अघि बढाउन सकिन्न। त्यो विधेयक फिर्ता हुन्छ,’ महामन्त्री थापाले भने।

अर्का महामन्त्री शर्माले ओलीका पालामा पनि त्यस्तै विधेयक आएकोमा विरोध गरिएको र अहिले पनि विरोध गरिने बताएका छन्।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा हामी शतप्रतिशत प्रस्ट छौँ,’ शर्माले भने, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ।’

उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक कसको सल्लाहमा लगिएको हो भन्ने प्रश्न पनि सभापति देउवासँग गरेका छन्। ‘कसको सल्लाहमा यस्तो विधेयक लगिन्छ ? प्रधानमन्त्रीको गम्भीर जबाफदेहिता जरुरी छ,’ शर्माले भने।

संवैधानिक परिषदमा ६ जना रहने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ। सरकारले ल्याएको विधेयकअनुसार अब तीन जना भए मात्र पनि संवैधानिक निकायमा नियुक्ति गर्ने बाटो खुल्नेछ। यो विधेयकलाई काँग्रेसकै नेताहरूले विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस