काठमाडौँ । आज (सोमबार) एक घण्टाको अवधिमै सेयर बजार परिसूचक ५० अङ्कभन्दा बढीले घटेको छ ।
कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्ममा ५१ अङ्कभन्दा धेरैले घटेको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९४० अङ्कमा आइपुगेको छ ।
यस्तै, यो समाचार तयार पार्दा सम्ममा ५४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा १३ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस अवधिमा नेप्सेमा कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । खासगरी, नेपाल राष्ट्र बैङ्कले आगामी वर्षका लागि कसिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेसँगै बजार प्रभावित बनेको छ । गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्षको मौद्रिक नीति कसिलो आउने बताइरहेका छन् ।