८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डमा सेयर ब्रोकरको ज्ञापनपत्र : लाइसेन्सको कोटा खारेज नगर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अगाडि लाइन्सेसमा कोटा प्रणाली खारेज गर्ने प्रस्तावमाथि सारेको दलाल व्यवसायी (सेयर ब्रोकर)ले विरोध जनाएका छन् ।

आज (सोमबार) धितोपत्र दलाल व्यवसायीहरुको संस्था संस्था नेपाल ब्रोकर एसोसिएसनले बोर्डलाई ज्ञापन पत्र बुझाउँदै ‘ओपन एक्जिट, ओपन इन्ट्री’को व्यवस्थाको विरोध गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने निर्णय गरी संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो ।

बोर्डको संशोधन प्रस्तावमा ब्रोकरको चुक्ता पुँजी वृद्धि गर्दै लाइन्सेसको कोटा प्रणाली खारेज गर्ने र लाइसेन्स खुला राख्ने प्रस्ताव गरेको थियो ।

दलाल व्यवसायीले भने अध्ययनविना नै धितोपत्र दलाल व्यवसायीलाई झुटो आरोप लगाएर अन्य वित्तीय क्षेत्रका नियमकले समेत नगरेको खुला बजारको सिद्धान्तको नारा दिएर संख्या मात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त विपरीतको कार्य भएको बताएका छन् ।

‘हामी व्यवसायीले बजार तथा सेवाको विस्तारका लागि गरेका बहुसङ्ख्यक अनुरोधहरुलाई नियामकबाट नै बेवास्ता गरिएको, यस्तो बिस्तारका लागि नियामकबाट आजसम्म कुनै पनि नीति निर्देशन जारी नभएको, व्यवसायीबाट के कति कारणले विस्तार सम्भव नभएको भनी एउटा पनि अध्ययन नियामकले गराएको छैन, ।’ ब्रोकर एसोसिएसनले बोर्डमा पठाएको ज्ञापन पत्रमा भनिएको छ, ‘नियामकले नै व्यवसायीहरु माथि झुटो आरोप लगाइ अन्य कुनै पनि वित्तीय क्षेत्रका नियामकहरुले जोखिम हुने ठानी अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिई संख्या मात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त विपरीतको कार्य हो ।’

बोर्डले ब्रोकरको चुक्ता पुँजी वृद्धि गर्दै लाइसेन्स खुला राख्ने प्रस्ताव गरेको थियो । तर, एसोसिएसनले भने पुँजी वृद्धि भन्दा पनि लाइसेन्सको कोटा हटाएर खुला राख्ने नीतिको आलोचना गरेको छन् ।

बोर्डले सीमित कारोबार गर्ने ब्रोकरलाई २० करोड र पूर्ण कारोबार गर्ने ब्रोकरको लागि ६० करोड तथा धितोपत्र व्यापारीको लागि १ अर्ब ५० करोड पुँजी प्रस्ताव गरेको छ । नेप्सेले विभिन्न समयमा गरेको अध्ययनले पनि ब्रोकरको वर्गीकरण गर्दै पुँजी बढाउन प्रस्ताव गरेको थियो ।

ब्रोकर एसोसिएसनले पुँजी वृद्धिको पनि विरोध गरेको छ । ‘नेपाल जस्तो सानो अर्थतन्त्र भएको विकासशील देशमा विश्वका अति विकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यवसायीको पुँजी कयौँ गुणाले उच्च राख्न लगाउनु भनेको नियामकले सूक्ष्म अध्ययन बिना नै हचुवाको भरमा अल्पदृष्टि राखेर निर्णय गरेको कुरा प्रस्ट हुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस