७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री भट्ट र विपक्षी दलको वार्ता निष्कर्ष विहीन, फेरि छलफलमा हुने

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिममा मुख्यमन्त्री र बजेटको संशोधनको माग गर्दै प्रदेश सभा बहिष्कार गरेका प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक विना निष्कर्ष सकिएको हो । 

प्रतिपक्षी दलले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले सरकारसँगको छलफल सकारात्मक भए पनि कुनै सहमति भने हुन नसकेको बताए । 

भट्टले प्रतिपक्षी दलकातर्फबाट मुख्यमन्त्रीलाई सुझावसहितको १४ बुँदे माग पत्र बुझाइएको बताएपनि त्यसमा के-के कुरा उल्लेख गरिएको छ भनेर खुलाउन चाहेनन् ।

वार्तामा सरकारका तर्फबाट मुख्यमन्त्री भट्टसहित आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावल, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी तथा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, प्रमुख सचेतक लिलाधर भट्ट, कार्यव्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी र जसपाका प्रदेशसभा सदस्य कृष्णराज चौधरी सहभागी थिए ।

प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै प्रतिपक्षी दलले सोमबार र मंगलबार प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । प्रतिपक्षी दल बैठकमा सहभागी नभएपछि जसरी पनि प्रदेशसभाबाट बजेट पारित गर्ने रणनीतिमा रहेको सरकार दबाबमा परेको छ ।

बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्र समेत संशोधनको माग चर्को रूपमा उठेको छ । अहिले पनि सत्तारुढ दलका प्रदेशसभा सदस्यहरू संशोधन बिना बजेट पास गर्न नसकिने अडानमा छन् ।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक पनि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस