८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार बन्द गराउने क्रममा जनकपुरबाट एक सयभन्दा बढी सुकुम्वासी पक्राउ

अ+ अ-

जनकपुरधाम । बजार बन्द गराउने क्रममा जनकपुरधामबाट एक सयभन्दा बढी सुकुम्वासीलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रामीण भेगबाट आएका प्रदर्शनकारीले बजार बन्द गराउन थालेपछि प्रहरीले विभिन्न स्थानबाट १०३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ९४ जना महिला रहेको प्रहरीले जनाएको छ ‌।

पक्राउ गरेर प्रहरीले सबैलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । बजार बन्द गर्न नदिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

भूमिहीनको नाममा नक्कली सुकुम्वासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, वास्तविकलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, वनको जग्गा अतिक्रमण रोक्नुपर्ने लगायतका माग राखेर चुरे तथा वन संरक्षण अभियानले आज जनकपुरधाम बन्दको घोषणा गरेको थियो ।

अभियानका संयोजक सुनिल यादवले आफूहरूको माग पूरा गर्न सरकारले चासो नदेखाएपछि बन्दको आह्वान गरेको बताए । यादवले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै पक्राउ गरेका सुकुम्वासीलाई रिहा गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस