१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काको द्वन्द्व र प्रदर्शनकारीहरूको गुनासो सम्बोधन गर्नु आवश्यक : राष्ट्रसङ्घ

अ+ अ-

न्यूयोर्क । श्रीलङ्कामा जारी अशान्तिका बीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रदर्शनकारीहरूको द्वन्द्व र गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।

ट्विट गर्दै संयुक्त राष्ट्रसङ्घका प्रमुखले श्रीलङ्काका सबै राजनीतिक दलका नेताहरूलाई शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले जारी सङ्क्रमणकालीन अवस्थामा आवश्यक सम्झौता गर्न आग्रह गरेका छन् । म श्रीलङ्काको अवस्थालाई नजिकबाट नियालिरहेको छु। घटनाका मूल कारणहरू महत्त्वपूर्ण छन् उनले लेखेका छन् ।

बुधबार ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू श्रीलङ्काका प्रधानमन्त्रीको निवासबाहिर जम्मा भएर उनको कार्यालय कब्जा गरेका थिए। कोलम्बोको सडकमा प्रदर्शनकारीहरूलाई हटाउन सुरक्षाकर्मीहरूले अश्रुग्याँस समेत प्रहार गरेका थिए।

जारी राजनीतिक(आर्थिक अस्थिरताका बीच माल्दिभ्स भागेका विवादित राष्ट्रपति गोटाबाया राजापाक्षेले आज प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेपछि घटनाक्रम थप नयाँ ढङ्गले अगाडि बढेको हो ।

श्रीलङ्काको रक्षा मन्त्रालयको पूर्ण स्वीकृतिपछि श्रीमती र दुई अङ्गरक्षकसहित बुधबार माल्दिभ्स भागेका गोटाबाया राजापाक्षे सिङ्गापुर जाने अपेक्षा गरिएको छ ।

राजापाक्षे र उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू आज राति मालेबाट सिङ्गापुर जाने अपेक्षा गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

यसैबीच, उनका लागि निजी विमानको व्यवस्था गर्न लागिएको पनि सञ्चार माध्यमले जनाएका छन्।

यस घटनालाई लिएर, बार एसोसिएसन अफ श्रीलङ्काले प्रदर्शनकारीहरूलाई सरकारी कार्यालयहरू कब्जा गर्ने र क्षति पुर्‍याउने कार्यलाई अनुपयुक्त भन्दै तत्काल प्रधानमन्त्रीको कार्यालय सम्बन्धित अधिकारीहरूलाई फिर्ता गर्न आग्रह गरेको छ। ।

यसैबीच, नवनियुक्त कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घेले बिहीबार देशभर निषेधाज्ञा जारी गरेका छन् । ७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले उनको निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए र उनले बुधबार राजीनामा पत्र बुझाउने घोषणा गरेका थिए।

देशले इन्धन र अन्य अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहेको छ । साथै बढ्दो मुद्रास्फीतिको कारण स्वतन्त्रताको लामो समयपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस