काठमाडौँ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ ।
देशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी राति देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यता बदली रही बाँकी स्थानमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको छ ।
यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।