५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसीबारे प्रस्तावित अमेरिकी राजदूतको अभिव्यक्ति चिनियाँ दूतावासद्वारा खण्डन

अ+ अ-

काठमाडौँ। नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चीनको भूमिकाबारे गरेको टिप्पणीको नेपालस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ ।

चिनियाँ दूतावासले आफ्ना प्रवक्तामार्फत शुक्रबार त्यसको खण्डन गर्दै प्रस्तावित राजदूत थम्पसनको भनाइ ‘आधारहीन’ भएको बताएको हो ।

केही महिनाअघि नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित थम्पसनले बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिने क्रममा चीनले चलाएको दुष्प्रचारकाबीच पनि नेपालको सदनले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको उल्लेख गरेका थिए ।

चिनियाँ दूतावासले एमसीसीबारे नेपालमा चर्को बहस भएको तर संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेको उल्लेख गरेको छ । उक्त व्याख्यात्मक टिप्पणीमा नेपालको कानुन एमसीसी भन्दा माथि हुने व्यवस्था गरेको दूतावासको भनाइ छ ।

‘थम्पसनको अभिव्यक्तिले चीनको मात्रै नभएर नेपाल र नेपालीको पनि अपमान गरेको छ । वास्तवमा प्रस्तावित राजदूतको अभिव्यक्ति नै ‘दुष्प्रचार’ हो,’ दूतावासले भनेको छ, ‘चीन यसको खण्डन गर्दछ ।’

दूतावासले अन्तर्राष्ट्रिय सहायता लिँदा परस्पर सम्मान र समानताको आधारमा सम्बन्धित देशको सार्वभौमसत्ता र नागरिकको सम्मान गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा कूटनीतिक दबाब हुनु नहुनेमा चीन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

‘चीन छिमेकी मित्र र विकास साझेदार भएकाले नेपालको सार्वभौमिकताको रक्षा, स्वतन्त्रता र राष्ट्रिय हितको सुरक्षा गर्न तथा नेपालले आफ्नै स्वतन्त्र विकासको बाटोबाट अघि बढ्न सहयोग गर्नेछ,’ दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस