११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि नेपाल टेलिकमको समर अफर सुरु

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाको महसुलमा साउन १ (आज) देखि नयाँ दर लागू भएको छ ।

सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो ।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायत सेवाको महसुलमा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ । साउन १ देखि समर अफरअन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

पहिले उपलब्ध सबै अफरलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइनेछ । टेलिकमका अनुसार केही अफरमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन् ।

यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको टेलिकमले जनाएको छ ।

सीयूजी १००० मा १० जीवी डाटा प्रदान गर्दै आएकामा अब ४० जीवी प्रदान गरिनेछ। त्यस्तै सीयूजी १५०० मा २० जीवी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीवी प्रदान गरिनेछ ।

पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरूमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस