११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रदीप परियारलाई सहरी विकास मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने सहरी विकास मन्त्रालयका सहसचिव विष्णु प्रसाद शर्मालाई अर्थ मन्त्रालय गण्डकी प्रदेश सरुवा गरिएको छ ।

अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठ प्रसाद अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयका सहसचिव प्रकाश पौडेललाई रक्षा मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय समावेशी आयोगका शिव कुमार कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , प्रदेश १ विराटनगर अन्तर्गत सरुवा गरिएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव दीपक घिमिरेलाई संघीय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयका कृष्ण प्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमाकान्त दुवाडीलाइ खानेपानी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

प्रशासन ब्यूरोलाई प्राप्त विवरण अनुशारसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सञ्चार तथा सूचना प्रविधी मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद भट्टराईलाई घोराही उपमहानगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोग ललितपुर, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीलाई पोखरा महानगर र धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई वीरगन्ज महानगरपालिकामा सरुवा गरिएको सिंहदरवार स्रोतले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस