६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर बालेन शिक्षामन्त्रीलाई भेटे, महानगरको शैक्षिक गुणस्तरबारे छलफल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका छन् ।

भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार, शिक्षकको दरबन्दीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री पौडेलले मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

पौडेलले महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे ।

दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलको जोड छ ।

मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता औँल्याए ।

‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौँ,’ शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टम व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुपर्‍यो ।’

बालेन्द्र शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गह्रौँ भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्थामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस