९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : सात अर्ब २० करोडको आइपीओ बिक्री, सात अर्बकै प्रतीक्षा

अ+ अ-

काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ ।

साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ ।

सरकारले वास्तविक क्षेत्रका कम्पनीलाई पनि साधारण शेयर बिक्रीका लागि अभिप्रेरित गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५२ लाख ६० हजार २५१ वटा हितग्राही खाता खुलेका छन् ।

त्यस्तै ४३ लाख ६८ हजार ६३९ मेरो शेयरको अकाउन्ट खुलेको छ । कूलरुपमा आठ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६६९ कित्ता शेयर अभौतिकीकरण भएको छ ।

यसैगरी ३५ वटा म्युचुअल फण्ड र ५९ वटा बण्ड र डिवेञ्चर पनि सूचीकृत भएका छन् ।

धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/७९ मा मात्रै रु सात अर्ब २० करोडभन्दा बढीको साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न स्वीकृत दिएको छ । यसबाट पनि नेपालको शेयर बजार विस्तार भएर गएको देखिन्छ ।

बोर्डले कूल सात करोड २० लाख ३६ हजार ४२५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्रीका लागि स्वीकृत दिएको पाइएको छ ।

सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीले पाए अनुमति

बोर्डका अनुसार सो आवमा कूल २८ कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएकामा सबैभन्दा धेरै जलविद्युत् समूहका कम्पनी छन् । शेयर निष्कासनको अनुमति पाउनेमा १९ जलविद्युत् कम्पनी छन् ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो अनुमति गत वर्षको साउन ११ गते न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई शेयर विक्रीका लागि अनुमति पाएको थियो ।

कम्पनीले कूल ४० लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको थियो ।

यस अवधिमा साहस ऊर्जाले रु १०० अङ्कित मूल्यका एक करोड पाँच लाख कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ लाख कित्ता, बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता, रिभरफल्स पावरको ३४ लाख ३० हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएका थिए ।

सर्वसाधारण र आयोजनाले प्रभाव पार्ने क्षेत्रका स्थानीय बासिन्दाका लागि ती कम्पनीले शेयर बिक्रीसमेत गरी सकेका छन् ।

त्यस्तै विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ लाख कित्ता, दोर्दी खोला जलविद्युत् कम्पनीको २९ लाख ५१ हजार ९२९ कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ३३ लाख सात हजार ५०० कित्ता, अप्पर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता, राप्ती हाइड्रोको २९ लाख ४१ हजार ४१० कित्ता शेयर बिक्री गर्न अनुमति पाएका थिए ।

बोर्डले श्वेत गङ्गा हाइड्रोपावरको ३९ लाख ८२ हजार ५०० कित्ता, सयपत्री हाइड्रोपावरको नौ लाख कित्ता, मन्दाकिनी हाइड्रोपावरको १७ लाख ६४ हजार ११० कित्ता, पिपल्स पावरको ३१ लाख कित्ता, रसुवागडी हाइड्रोपावर(सर्वसाधारणका लागि)को ६८ लाख ४२ हजार १०० कित्ता, सान्जेन जलविद्युत् कम्पनी (सर्वसाधारणका लागि)को ३६ लाख पाँच हजार, सिक्लेस हाइड्रोपावरको २० लाख कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको थियो ।

त्यसमा अधिकांश कम्पनीले शेयरको निष्कासन तथा बिक्री गरिसकेका छन् भने केही कम्पनी शेयर बिक्रीका लागि आह्वान गर्ने क्रममा छन् ।

जसमा स्वेत गङ्गा हाइड्रोपावरको शेयर बिक्री खुला भएको छ भने सयपत्री हाइड्रोपावर, सिक्लेस हाइड्रोपावरको र मन्दाकिनी हाइड्रोपावरको शेयर बिक्री हुने क्रममा छन् ।

लगानी समूहको एक मात्रै कम्पनीले पायो अनुमति

गत आवमा लगानी समूहबाट इमर्जिङ नेपाल लिमिटेडले मात्र शेयर बिक्रीका लागि अनुमति पाएको छ ।

इमर्जिङले रु १०० अङ्कित मूल्यमा पाँच लाख ५५ हजार ६०० कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले शेयर सर्वसाधारणलाई निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।

गत आवमा कूल २८ कम्पनीमध्ये आठ लघुवित्त कम्पनीले शेयर बिक्रीका लागि अनुमति पाएको बोर्डले जनाएको छ ।

जसमा नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाँच लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आठ लाख ५० हजार कित्ता, उपकार लघुवित्त वित्तीय संस्थाले दुई लाख ३६ हजार २५० कित्ता, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले तीन लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएका थिए ।

त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले ६७ हजार कित्ता, धौलागिरि लघुवित्त वित्तीय संस्थाले तीन लाख ३१ हजार कित्ता र अभियान लघुवित्त वित्तीय संस्थाले नौ लाख ७५ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएका थिए ।

अनुमति पाएका अधिकांश लघुवित्त संस्थाले शेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेका छन् ।

लघुवित्त कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा शेयर बिक्री गर्न बाँकी छ ।

बोर्डबाट गत आबमा चार करोड ७८ लाख ७१ हजार ८८२ कित्ताको रु चार अर्ब ७८ करोड ७१ लाख ८८ हजार २९४ मूल्य बराबरको राइट शेयर जारी गर्न ११ कम्पनीले अनुमति पाएका थिए ।

रु सात अर्बभन्दा रकमका शेयर पाइपलाइनमा

त्यस्तै धितोपत्र बोर्डका अनुसार रु सात अर्ब १० करोडभन्दा बढी रकमका शेयर निष्कासनको अनुमतिको प्रतीक्षामा छन् ।

जसमा दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्न पाउँ भन्दै बोर्डसमक्ष माग गरेका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

प्रतिक्रिया दिनुहोस