विराटनगर । प्रदेश १ को नामकरणका लागि बोलाइएको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख प्रदिप कुमार भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाएका थिए ।
तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुखले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए ।
उनले भने, ‘ छलफल सकारात्मक छ, सहमतिका लागि फेरि छलफल गर्ने सहमति भएको छ ।’