६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ’

अ+ अ-

लुम्बिनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन् ।

उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली सबलिकरण विषयक छलफल तथा अन्तक्र्रियामा अध्यक्ष तिमिल्सेनाले संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले राजनीतिक परिवर्तनलाई सही ढङ्गले अगाडि बढाउनका लागि राजनीतिक दलले आगामी दिनमा थप समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली जनताको बलिदानी र त्यागबाट सङ्घीय राज्यव्यवस्था स्थापित भएको बताउँदै यस व्यवस्था विरुद्ध हुने घेराबन्दीको विरोध गर्न अपिल गरे ।

उनले सङ्घीयतालाई बलियो बनाएमा देश समृद्ध हुने बताउँदै सङ्घीयता विरोधीले गरिरहेको हल्लालाई गलत सावित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरले संविधानले प्रदान गरेको अधिकारलाई सहीढङ्गले कार्यान्वयन गरेमा सङ्घीयता संस्थागत हुने बताए । सभामुख घर्तीले व्यवस्था विरुद्धमा आउने आवाजलाई सबै मिलेर आम जनतामा पुर्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस