७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरि बढ्यो सार्वजनिक सवारीसाधनको भाडा (सूचीसहित)

अ+ अ-

काठमाडौँ । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । 

नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिको प्रावधान यथावत राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्‍याइएको छ । 

त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ । 

उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ । नयाँ दरअनुसार अब काठमाडौँबाट कुरीनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्नेछ ।

यसअघि २ सय ८३ थियो । त्यस्तै काठमाडौँबाट गल्छी ४७ किलोमिटरका लागि यसअघि १ सय ३४ रहेकोमा अब १ सय ४५ पुगेको छ । काठमाडौँ जिरी ८२ किमीका लागि यसअघि २ सय ६४ रहेकोमा अब २ सय ८६ रुपैयाँ पुर्‍याइएको छ ।

सूची !

प्रतिक्रिया दिनुहोस