१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

अ+ अ-

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरूको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूल गेटमा ताला लागेको छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूल गेटमा धर्नामा पनि बस्दै आएका छन् ।

बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरूले नगरपालिकाको मूल गेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरू पनि नगरपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो।

एक हप्तादेखि आफूहरूले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरू विना कारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताए ।

यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूको नगरपालिकाले म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरू स्वतः निष्कासनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ । नगर प्रमुख बस्नेतका अनुसार अस्थायी र करारका धेरै सङ्ख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठुलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहविना नै उनीहरू कसैलाई पनि म्याद थप नगरिएको हो ।

अब आफूले निर्णय गरिसकेका कारण निर्णयबाट कुनै पनि हालतमा नफर्किने उनको भनाइ थियो । आन्दोलनरत कर्मचारीहरू भने आफूहरू विना कारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म नगरपालिकामा निरन्तर धर्ना दिने, गेटमा ताला लगाउने र नगरपालिकाको कामकाज ठप्प बनाउने अडानमा रहेको बताए ।

नगर उपप्रमुख महेश्वरी राईसहित विभिन्न वडाका अध्यक्षहरू तथा सदस्यहरूसहित गरेर १७ जनप्रतिनिधिहरूले भने तत्काल नगर बैठक बोलाउन नगर प्रमुख बस्नेतलाई एक पत्र लेखेर आग्रह गरेका थिए ।
वडा नं१० का अध्यक्ष किरण पाण्डेले भने, ‘एक हप्तादेखि नगरपालिकामा ताला लगेको र कर्मचारीहरूले मूल गेटमा नै बसेर धर्ना दिएका कारण नगरप्रतिनिधिहरुसमेत कार्यालयभित्र छिर्न नपाइएकाले प्रमुखलाई तत्काल बैठक बोलाउन र समस्याको विषयमा छलफल गराउन एक पत्र लेखेर बुझाइएको हो ।’

आन्दोलनरत कर्मचारीहरूका अनुसार आफूहरू वार्ता विरोधी नभएको र प्रमुखले वार्तामा बोलाएर छलफल गराए त्यहीबाट समस्याको समाधान होस् भन्न चाहेको एक आन्दोलनरत कर्मचारी बताए ।

प्रतिक्रिया दिनुहोस