१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशमानको प्रश्न : चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने, जनतालाई आपत् पर्दा देखा नपर्ने ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले चुनावको मुखमा मात्रै जनतामा देखा पर्ने भन्दै स्वतन्त्र र नयाँ नेताहरूबाट केही प्राप्त नहुने बताएका छन् ।

उनले चुनावको मुखमा जनतामाझ आउने र अरुबेला देखा नपर्नेहरूलाई जिताएर केही नहुने बताएका हुन् ।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले गत निर्वाचनमा जनतामा प्रतिस्पर्धी बनेका व्यक्तिहरू यसबिचमा कति पटक जनतामा आएका छन् ? भनेर पनि प्रश्न गरेका छन् ।

उनले भने, ‘गएको निर्वाचनमा नयाँ पार्टीको मान्छे परिवर्तन गर्छु भनेर आयो । जो उम्मेदवार भएर आयो त्यो उम्मेदवारले यो निर्वाचन क्षेत्रमा के गर्‍यो त ? त्यत्रो कोभिड हुँदा, अरू आपत् पर्दा, कसैलाई समस्या हुँदा कहीँ कतै देखा पर्‍यो ?’ २०७४ को प्रतिनिधिसभा निर्वाचनका प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई लक्षित गर्दै उनले प्रश्न गरेका थिए ।

मतदाता चुनावका बेला देखिनेहरूको भाषणमा पर्न नहुने सिंहको आग्रह थियो । उनले भने,‘चुनावको समयमा, सामाजिक सञ्जालमा मात्रै आउनेहरूको मूल्याङ्कन र परीक्षण भएको छैन । हाम्रो स्वभाव कस्तो हुन्छ भने ज्यादु, चटक देखाउनेले चटक देखाउँदा अचम्म पर्छौँ । कुनै आन्दोलनमा सहभागी नभएका, जागिर खानसम्म खाएर पैसा कमाउनसम्म कमाएर स्वतन्त्रको हावा बगिरहेको छ हामी पनि पसौँ भन्ने छन् ।’

सिंहले स्थापित पार्टीहरूलाई समेत काम गर्न गाह्रो भइरहेको बेला स्वतन्त्र उम्मेदवारलाई जिताएर केही नहुने तर्क गरे । उनले भने, ‘पुरानोलाई त गर्न गाह्रो छ, नयाँले के गर्छ ? राणा शासन, पञ्चायत ढाल्नेलाई त काम गर्न गाह्रो छ । एक जना स्वतन्त्रलाई जिताएर पठाउँदा के हुने हो ?’ परिवर्तन गर्छु भनेर बोल्दैमा परिवर्तन नहुने उनको भनाइ थियो ।

सिंहले युवा मतदाताहरूसँग पार्टी नेता र कार्यकर्ताहरूले अन्तरक्रिया कार्यक्रम गर्नुपर्ने बताएका छन् । उनले युवा मतदातासँग पार्टीका योजना र कार्यक्रमबारे छलफल गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस