११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदद्वारा कोभिडका विषयमा श्वेतपत्र जारी गर्न माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेतपत्र जारी गर्न माग गरेकी छन् ।

सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरिन् । उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरिन् ।

उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराइन् । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उनले बताइन् ।

विशेष समयमा सांसद भीमबहादुर रावलले एक महिनाअघि स्टेट पाटनरसीप प्रोग्राम ९एसपिपी० मा सहभागी नहुने सरकारको निर्णय कार्यान्वयनका सन्दर्भमा सभामुखबाट दिइएको निर्देशन पनि सरकारले नसुनेको बताए ।

उनले तत्काल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले गोरखा भर्तीसम्बन्धी सन्धिका असमानता हटाउन पहल गरी देश र जनताको हितमा ध्यान दिई सरकारलाई आग्रह गरे ।

सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ मार्ग अघि बढाउन र चीनसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गरी समृद्धिका लागि बलियो पूर्वाधार तयार पार्न ध्यानाकर्षण गराए ।

बालाजु–रानीपौवा–पिपल्टार पासाङल्हामु राजमार्ग निर्माण कार्य उतारचढावका बीच अहिले अलपत्र अवस्थामा पुगेकाले तत्काल निर्माण कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।

सांसद रामबाबु यादवले पीडित किसानका लागि राज्य उदासीन भएको बताए । उनले किसान मल मागिरहेको तर राज्यले मल दिन नसक्नु दुखद भएको बताए। साउन दोस्रो हप्ता आउँदा पनि पानी नपरेर कृषि कर्ममा लागेका किसान छटपटाइरहेका र रोपेका धान खेत सुक्न थालेको बताए।

सांसद हृदयेश त्रिपाठीले अर्थतन्त्रको अवस्था कमजोर हुँदै आएको बताए । मल नपाउँदा उत्पादनमा कमी आउने देखिएकाले गार्हस्थ्य उत्पादनमा ध्यान दिन आग्रह गरे । सांसद अतहर कलाम मुसलमानले नागरिकता विधेयकका सम्बन्धमा अभिव्यक्ति दिँदा सचेत हुनुपर्नेमा जोड दिए । राष्ट्र हितमा नागरिकता विधेयक अघि बढेको पनि उनले बताए ।

सांसद दिलकुमारीले रौतहटमा दाइजोका कारण बिहे भएको २७ दिनमा नै महिलाको हत्या भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरिन् । सांसद गङ्गा चौधरीले सीमा सुरक्षामा सरकारको ध्यान नपुगेको बताइन् ।

प्रतिक्रिया दिनुहोस