१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषध दुर्व्यसनविरुद्ध सामूहिक प्रयास

अ+ अ-

काठमाडौँ । समाजमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसनविरुद्ध सामाजिक स्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् ।

ढिला नगरी लागु औषध दुर्व्यसन अन्त्यका लागि सामाजिक स्तरबाट प्रभावकारी अभियान चलाउनुपर्ने खाँचो रहेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले राजधानी मात्र नभई गाउँ गाउँमा लागु औषध दुर्व्यसनीको अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिकाका–नगर प्रमुख दीपक रिसालले संस्कार भुल्दै गएकाले समाजमा समस्या आउन थालेको बताए । ‘हाम्रा सांस्कृतिक पर्वमा विचलन आएको छ, ठीकबेठीक छुट्याउन नसकेकै कारण लागु औषधको दुर्व्यसन जस्तो कुलतमा युवा पुस्ताको आकर्षण बढेको छ, नगरपालिकाले विद्यालयमा गएर चेतना विस्तारमा सक्रिय रहने योजना बनाएको छ’, उनले भने ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले लागु औषध दुर्व्यसनीको सङ्ख्या डढेलो जस्तै फैलिँदै गरेको परिवेशमा घरघरबाट लागु औषध दुर्व्यसनविरुद्ध चेतना फैलाउनुपर्ने बताए । यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनीले लागु औषध दुर्व्यसन अन्त्यका लागि सामूहिक प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यस विरुद्ध सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । कार्यक्रममा समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य जीवन्ती अर्याल, गान्धी आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष डा गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका-८ का अध्यक्ष हरिभक्त पुडासैनी र वडा नं ६ का अध्यक्ष प्रकाश फुयाँलले दुर्व्यसनविरुद्ध ऐक्यबद्धता व्यक्त गरे ।

त्यस्तै तेजविनायक मावि सञ्चालक समितिका अध्यक्ष विदुर ढुङ्गाना, समाजका काठमाडौँ अध्यक्ष भगवान् पुडासैनी, सेलिब्रेशन को–एडका संस्थापक आचार्य महेन्द्र भट्टराई, नेप्लिज कम्युनिटी एसोसिएसन अष्टे«लियाका अध्यक्ष मधुसूदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डिएन सिवाकोटी, लिबर्टी एकेडेमीका प्रधानाध्यापक ओमप्रसाद ढकाललगायत वक्ताले लागु औषध दुर्व्यसनविरुद्ध सामूहिक प्रयासको खाँचोमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस