१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती हाइड्रो कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज (सोमबार) बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता आईपीओ विक्री खुला गरेको थियो । सार्वजनिक निष्कासन गरेको कुल सेयरमध्ये १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो ।

त्यस्तै ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त सार्वजनिक निष्कासनमा १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको थियो । जसमध्ये १४ सय २४ जनाको आवेदन रद्द हुँदा १४ लाख ९० हजार २ सय ९८ जना आवेदकको आवेदन सदर भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

योग्य आवेदकमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट कार्यविधि अनुसार गोला प्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले पूर्वी रुकुमको सिस्ने र भुमे गाउँपालिकामा पर्ने रूकुमगाड खोलाबाट ५ मेगावाट क्षमताको रूकुमगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल लागत १ अर्ब ३३ करोड ४४ लाख २८ हजार र प्रतिमेगावाट लागत २६ करोड ६८ लाख ८६ हजार लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस