८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको छ : विमला पौड्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी छन् ।

राष्ट्रिय सभाको आज (सोमबार)को बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी हुन् ।

राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै उनले सो प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पारेकी हुन् ।

प्रक्रिया मिचेर विधेयक ल्याउँदा संसदको अवमूल्यन भएको उनको भनाइ थियो । त्यस्तै सांसदहरुको स्वविवेकको निर्णय गर्ने अधिकारको पनि अवमूल्यन भएको उनले बताइन् ।

‘यो प्रक्रियामा एकदमै धेरै असहमति छ । जुन तरिकाले प्रतिनिधिसभाबाट हाम्रो सभामा आएको छ, त्यो प्रक्रियामा मेरो असहमति छ । यो विधेयक पहिलेको सरकारले प्रतिनिधिसभामा पेस गरेर २२ महिना प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफल भएर एउटा निचोडको अवस्थामा आएर प्रतिवेदन आइसकेपछि अहिलेको सरकारले त्यही प्रतिवेदनलाई केही सच्याउनै पर्ने प्रावधान भए त्यही प्रतिवेदनमा संशोधन गरेर, संशोधन गर्न लगाएर समितिबाट फिर्ता ल्याउन सक्थ्यो,’ उनले भनिन्, ‘त्यो नगरीकन एकदमै अनाहक रुपमा यो विधेयकलाई फिर्ता लगेर कसको दबाब, कसको इन्ट्रेस्ट, कसको चालमा के भइराखेको छ थाहा छैन । तर नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको छ । सरकारले बलमिच्याइँ मात्रै गरेको छैन । संसदको अवमूल्यन गरेको छ । सांसदको स्वविवेक निर्णय गर्नेको पनि अवमूल्यन गरेको छ । गठबन्धनको नेताहरुको बलमिच्याइँ देखिएको छ । यो प्रक्रियामा मेरो असहमति छ ।’

उनले वैवाहिक अङ्गीकृतको सात वर्षे प्रावधान हटाइएकोमा पनि विरोध गरिन् । उनले प्रतिनिधिसभाले सात वर्षे प्रावधान राख्न खोज्दाखोज्दै सरकारले बलजफती गरेको आरोप लगाइन् ।

सात वर्षे प्रावधान हटाउनुको आधार र कारण प्रस्ट पार्न उनले माग गरिन् । सांसद पौड्यालले छोराले विदेशी बुहारी ल्याउँदा सहजै नागरिकता पाउने तर छोरीले विदेशीसँग विवाह गरेमा नागरिकता दिने व्यवस्था नराख्नुको लैङ्गिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रस्ट रुपमा देखिएको बताइन् ।

उनले भनिन् – ‘नेपालमा आएको भोलिपल्ट किन यस्तो प्रावधान राखियो ? सात वर्ष भनेर प्रतिनिधिसभाले भन्दाभन्दै यो सरकारले किन यसरी बलजफती गर्‍यो । केको आधारमा गर्‍यो ? के को इन्ट्रेस्टमा गर्‍यो ? यो कुरा यहाँ प्रस्ट पारिनुपर्छ । लैङ्गिक विभेद र पितृ सत्ताको बलमिच्याइँ प्रस्ट रुपमा देखिन्छ । छोराले विवाह गरेर ल्याएको विदेशी बुहारीले आउने बित्तिकै पाउँछ । छोरीले विदेशीसँग प्रेम गर्‍यो । विवाह गर्‍यो भने उसले कहिल्यै पनि पाउँदैन । पाउने प्रावधान राखिएकै छैन । त्यसैले मेरो असहमति केही प्रावधानहरुमा छन् ।’

प्रतिक्रिया दिनुहोस