८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा लमजुङमा मात्रै ३३२ दम्पतीले गरे सम्बन्ध विच्छेद, किन बढ्दै छन् यस्ता घटना ? 

अ+ अ-

काठमाडौँ । जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पतीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । 

आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिएका छन् । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् । 

यसअघि आर्थिक वर्ष ०७७/७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । 

उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई सय १२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।

न्यायाधीश खनालका अनुसार अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेको बताए । 

सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजगार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।

उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस