राहुल गान्धीसहित १७ जना पक्राउ « प्रशासन
Logo १२ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राहुल गान्धीसहित १७ जना पक्राउ


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ। भारतको प्रमुख प्रतिपक्ष दल भारतीय काँग्रेसका नेता राहुल गान्धीसहित १७ जनालाई आज (मंगलबार) प्रहरीले पक्राउ गरेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा काँग्रेस अध्यक्ष तथा राहुलकी आमा सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालयले आज दोस्रो दिनको सोधपुछ जारी राखेको छ ।

उक्त मामिलाको विरोध गर्दै राहुलसहित भारतीय काँग्रेसका नेताहरू प्रदर्शनमा रहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पक्राउ पर्नु पूर्व राहुलले भारत हाल सैन्य नियन्त्रणमा भएको राष्ट्रको जस्तै रूपमा देखा परेको र नरेन्द्र मोदीले राजा जस्तो एकलौटी ढगंमा शासन गरिरहेको आरोप लगाएका थिए ।

राहुलको गिरफ्तारीलाई भारतीय काँग्रेसले आवाज दबाउने दुष्प्रयासको रूपमा व्याख्या गरेको छ ।

पक्राउ पर्नेमा राहुलबाहेक काँग्रेस नेता मल्लिकार्जुन खर्गे, केसी वेणुगोपाल, शक्तिसिंह गोहिललगायतका नेताहरू पनि रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस